सु :ख - दु :ख र आनन्द

सुख, दुख र आनन्द लाई सांख्य सिद्धान्तको दृष्टिमा बुझ्न जरुरी छ। तपाइको इन्द्रिय पाँच वटा हुने गर्दछ। जब तपाइको पाँच इन्द्रिय मध्ये एकले सुखको अनुभूति गर्छ अनि त्यो सुखको आवृत्ति तपाइको तत्कालको अनुभूतिमा हाबी हुन पुग्दछ, त्यो समयमा तपाइले सुखको महसुस गर्नु हुन्छ।

 

सुखको अनुभूति गर्ने क्रममा तपाइको सुखको हद अनुभूतिको हद अनुरूप  फरक हुने गर्दछ। तपाइले गर्ने हरेक कर्मको समयमा तपाइका पाँच इन्द्रिय र त्यसको अनुभूति गर्ने छैटौँ पक्षले मनो-भौतिक केन्द्रमा दिने सुख वा दुखको सूचनाले त्यसको सुख वा दुखको हद निर्धारण गर्दछ। शास्त्रले उल्लेख गरे अनुरूप यसको लागि अत्यन्त सान्दर्भिक उदाहरण उमेर पुगेका जो कोही बिचको मनोरञ्जनको नियतमा हुने आपसी सहमतिको अहिंसा युक्त विशिष्ट यौन-लाप कर्म वा मनोवैज्ञानिक यज्ञ हुने गर्दछ। 

सम्भोगको बेला तपाइको कानले सुन्ने तपाइको प्रियतमको स्वागत ध्वनी तपाइको कानले रङ्गिन रोमाञ्चको लागि तपाइको प्रियतमको सकारात्मक इच्छा वृत्तिको सूचनाको रूपमा  तपाइको मनो-भौतिक केन्द्रमा पुर्‍याउने गर्दछ। प्रियतमको शारीरिक आकर्षण र सहयोगी बडी ल्याङ्गुईज मार्फत दर्साइएको हार्दिकता, सहयोगी सहवासको तैयारीको दृश्य प्रियतमको शरीरमा सञ्चार यौन आतुरता र सन्तुष्टि प्राप्तिको तिर्खा भावको आवृत्तिको दृष्टि तपाइको आँखा मार्फत मनो-भौतिक केन्द्रमा पुग्दछ। बढ्दो रक्त प्रवाह बिचको चर्म मार्फत हुने विद्युतीय स्पर्श वा टचको आवृत्तिले दिने रोमाञ्चकता छाला मार्फत मनो-भौतिक केन्द्रमा पुग्दछ। पाटनरको जिब्रो र ओठ मार्फत तपाइको जिब्रो र ओठले प्राप्त गर्ने मनोरम क्रीडा स्वाद जिब्रो मार्फत मनो-भौतिक केन्द्रमा पुग्दछ। यौवन ग्रन्थि उत्प्रेरित गरिदिने प्रियतमको यौन स्राव र फेरामोनको गन्ध तपाइको नाक मार्फत मनो-भौतिक केन्द्रमा पुगिरहेको हुन्छ।

यसरी हरेक जीवको जीवनको लागि उत्कृष्ट भौतिक आशीर्वाद रुपी प्रकृतिको यौन यज्ञ रुपी उपहार ठानिने अहिंसा युक्त यौनलापको समयमा जीवको मनो-भौतिक केन्द्रले एकै चोटि आफ्ना सबै इन्द्रियहरू मार्फत फरक फरक प्रकारले एकै प्रकारको सकारात्मक सन्देश पाइरहेको हुन्छ। मनो-भौतिक केन्द्रमा एकै प्रकारको हार्दिकता प्राप्तिको सूचना पुगिरहेको हुन्छ। मनो-भौतिक केन्द्रले  सबै इन्द्रियहरू मार्फत एकै प्रकारको हार्दिकता प्राप्ति गरिरहेको सम्भोग यज्ञको समयमा  सम्भोग कर्म दुवै पक्षको चाहना, सहकार्य, आपसी सहमतिको सक्रिय सहभागिता अनुरूप अत्यन्त सुरक्षित वातावरण बिच सम्पन्न हुँदै गरेको सूचना मनो-भौतिक केन्द्रमा पुगिदिँदा हुने स्खलनमा जीवले आफ्नो भौतिक जीवनमा प्राप्त गर्न सकिने सबै भन्दा उच्च सुखको (आयुर्वेदिक तथा वैदिक यौन कर्मको चरम सुखको अवस्था) अनुभूति गर्ने सौभाग्य प्राप्ति गर्ने गर्दछ।

वैदिक अवधारणा अनुरूप यसको अर्थ के हो भने तपाईँको मनो-भौतिक केन्द्रमा सूचना दिने पाँच इन्द्रिय र छैटौँ पक्ष मार्फत प्राप्त सूचनाको सकारात्मकता अनुरूप तपाइले अनुभूति गर्ने सुख, रोमाञ्च र रोमान्सको हदको निश्चय हुने गर्दछ। आनुवंशिक डिजाइन (Design) अनुरूप मनो-भौतिक केन्द्रको लागि उपलब्ध सूचना प्राप्त हुने जति धेरै श्रोत मार्फत सुख, रोमाञ्च र रोमान्सको सूचना प्राप्ति हुन्छ त्यति नै अधिक हदमा जीवले भौतिक सुखको अनुभूति गर्दछ।

उल्लेख भएको अवस्थाको विपरीतको असहजताको परिस्थिति बिचको समान आत्मसम्मान बिच स्थापित नभएकोहिंसा युक्त यौन संसर्गको समयमा जीवको मनो-भौतिक केन्द्रमा प्राप्त नकारात्मक सूचनाको हद अनुरूप जीवले  दुखको अनुभूति गर्ने गर्दछ। जस्तै असहमतिको यौन सम्पर्क, अन्य कुनै फाइदाको स्वार्थमा बहकिएर भएको यौन कुकर्म, बलात्कार, वैवाहिक वा सामाजिक मान्यता प्राप्त असहमतिको यौनिक बलात्कार, समयको फाइदा उठाएर गरिएको हिंसा युक्त यौन दुष्कर्म आदिमा एक पक्षले सुख गुण हाबी रहेको सुखानुभूति गरिरहँदा अर्को पक्षले भने दुःखको अनुभूति लिई रहेको हुने सम्भावना अधिक हुन्छ।  

भौतिक सुख अन्तर्गतको सर्वोकृष्ट सुखानुभूति दिने आयुर्वेदिक तथा वैदिक यौन कर्मको चरम सुखको अवस्थाको व्यक्तिको क्षमता अनुरूपको आफ्नै सीमितता हुने गर्दछ। निश्चित सीमितता पार गरिसके पछि उक्त आयुर्वेदिक यौन सुखानुभूति समेत दर्दको अनुभूतिमा परिवर्तन हुने गर्दछ।  त्यो समयमा आपसी सहमति बिचको अहिंसा युक्त सम्भोगले समेत चरम स्खलन सुखलाई दर्दपूर्ण अनुभूतिमा पुर्‍याउने गर्दछ।

त्यसको अर्थ के हो भने हरेक दुख वा सुखको अधिकताको भविष्य दुखानुभूतिमा पुगेर टुङ्गिने गर्दछ। वैदिक दर्शनमा "आनन्द" शब्दले आनन्द वा परम आनन्दलाई प्रतिनिधित्व गर्दछ। शारीरिक वा भौतिक सुखभन्दा पर रहेको आध्यात्मिक पूर्णता र पूर्ण खुसीको अवस्था भनेर "आनन्द" शब्दको परिभाषित भएको छ। यसको अर्थ आनन्द केवल एक क्षणिक भावना होइन। मानव चेतनामा अनुभव गरिने आनन्दको अवधि फरक हुन सक्छ। तर आनन्दको अवधि बढ्दै जाँदा त्यो दुखमा परिवर्तन हुँदैन।

ब्रह्माण्ड र मानव अस्तित्वको एक मौलिक पक्षको रूपमा हेरिने आनन्द तसर्थ भौतिक रूपमा प्राप्त हुने चरम सुख वा चरम दुख आदि हुन सक्दैन। तर भौतिक सुख आनन्द प्राप्तिको लागि भने सहायक मात्र होइन अत्यन्त सहयोगी भने हुने गर्दछ। आनन्द के हो भन्ने कुरा गणितीय रूपमा प्रस्ट बुझ्ने कोसिसको लागि तलको केही गणितीय व्याख्या हेरौँ।

-, -, -, -, -, -, -, -, -, ,  +, +, +, +, +, +, +, +, +

माथिको नम्बरमा हरेक एक अङ्क छोडेर गरिएको घटाउले ऋणात्मक वा धनात्मक २ दिने गर्दछ। त्यो ऋणात्मक सङ्ख्या होस् वा धनात्मक सङ्ख्या । जस्तै तल हेरौँ। यो जायज पनि छ, किनकि त्यो बिचमा कुनै एक अङ्कको अस्तित्व र मापन हुने गर्दछ। त्यसको मापन अङ्क गणितको जोड वा घटाउमा देखा पर्दछ। अस्तित्वले शब्दब्रह्मको भूमिका खेल्दछ।

-९ -(-७) = -२

-४ - (-२) = -२

+ ९ - (+७) = + २

+ ४ - (+२) = + २

सामान्य विज्ञान अनुरूप हामी शून्य लाई केही पनि नभएको अस्तित्व विहीन अवस्था वा बस्तु मान्दछौ। तर पनि जब तपाई शून्य को अघि पछि हुने ऋणात्मक १ र धनात्मक एकको अङ्क गणितको जोड वा घटाउमा गर्नु हुन्छ त्यहाँ समेत ऋणात्मक वा धनात्मक २ आउने गर्दछ।

जस्तै तल हेरौँ।

-१ - (+१) = -२

+१ - (-१) = +२

यसको अर्थ के हो भने अङ्क गणितको हिसाबमा समेत जोड वा घटाउमा शून्य लाई केही पनि नभएको अवस्था रहेको मानिएता पनि त्यो अस्तित्व विहीन चिज भने होइन। अन्य अङ्क जस्तै शून्यको पनि अस्तित्व छ। त्यसको अस्तित्वको बृहत् अर्थ छ। 

विज्ञानमा धेरै व्यवहारिकताको पक्ष गुणको पक्षको रूपमा लिने गरिन्छ। शून्य एउटा यस्तो बिन्दु हो जसमा तपाईँ ऋणात्मक (तम गुण) र धनात्मक (सत्त्व गुण) दुवै तर्फ वाट पुगिन्छ। शून्य आफै गुण प्रदायक अङ्क समेत हो। वैदिक मान्यता अनुरूप ऋणात्मक तर्फबाट (निराशा युक्त अहङ्कार) शून्यमा पुगिने प्रवृत्तिगत भूमिकालाई इनर्सिया वा तम गुण भनिन्छ। धनात्मक तर्फबाट (अहङ्कार) शून्यमा पुगिने प्रवृत्तिगत भूमिका लई सत्त्व गुण भनिन्छ।

धनात्मक तर्फबाट पुगिने शून्य यथार्थमा धनात्मक शून्य (+०)  हो भने ऋणात्मक तर्फबाट पुगिने शून्य यथार्थमा ऋणात्मक शून्य (-०) हो। धनात्मक शून्य (+०)  अहङ्कार विहीनता (Egolessness) हो  भने ऋणात्मक शून्य (-०) निराश विहीनता (Frustrationlessness) को अवस्था हो। सासत्व सत्य  ऋणात्मक शून्य (-०) र धनात्मक शून्य (+०) बिचमा रहन्छ। जसलाई इन्फिनिटी वा पूर्णता भनेर चिनिन्छ। गणितमा यसलाई मार्फत सङ्केत गरिन्छ।

० = || -, +||

वैदिक अवधारणा अनुरूप सङ्केतले व्यवहारिक रूपमा पूर्णता लाई जनाउने गर्छ।  जसलाई संस्कृतको शब्द आदि मार्फत व्यक्त गर्ने गरिन्छ। जसलाई शब्द ब्रह्म भनिन्छ। 

   = || -, , , , ई ......., , का, कि ....., , खा, खि, खि ......, ज्ञ, ज्ञा, ज्ञि, ज्ञी ......., +||

 

                        ॐ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते।

पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते॥

ॐ शान्तिः शान्तिः शान्तिः ॥ शान्ति पाठ, अथ ईशोपनिषत् ॥

अथ ईशोपनिषत् को शान्ति पाठ भन्दछ: ॐ । ब्रह्माण्ड चेतनाले भरिपूर्ण बाहिरी संसार आफैमा पूर्ण छ। ब्रह्माण्ड चेतनाको अंश रुपी भित्री संसार (आत्मा) पनि पूर्ण छ। ब्रह्माण्ड चेतना रुपी पूर्णबाट पूर्ण नै प्रकट हुन्छ। अद्वैत र अनन्त पूर्ण ब्रह्माण्ड चेतना बाट भित्री चेतना रुपी पूर्ण (आत्मा) निकाल्दा त्यहाँ पूर्ण नै बाँकी रहन्छ। ॐ । शान्ति, शान्ति, शान्ति।

शान्ति र सम्पूर्णताको कामना गर्दा प्रयोग हुने यस मन्त्रले दिएको गणितीय सूत्र अनुरूप हामीले अनुभूति गर्ने बाहिरी संसार पूर्ण छ। आन्तरिक संसार पनि पूर्ण नै छ। पूर्ण वाट अर्थात् इन्फिनिटी वाट पूर्ण (अनन्त वा इन्फिनिटी)  लिइए पछि पनि त्यहाँ पूर्ण नै बाँकी रहन्छ। दैवी चेतना अर्थात् ब्रह्माण्ड चेतनाको स्वरूप अद्वैत र असीमित हुने हुँदा यो जीवको आत्माको रूपमा रहँदा पनि र  ब्रह्माण्ड चेतनाको स्वरूपमा (परमेश्वर) रहे पनि अनन्त वा इन्फिनिटी कै हैसियतमा रहन्छ।

यहाँ निर ख्याल गर्नु पर्ने कुरा के छ भने, कुनै पनि अङ्क लाई शून्यले भाग गर्दा भाग फल अनन्त वा इन्फिनिटी नै आउँछ। रहन्छ। अद्वैत दैवी चेतना अर्थात् ब्रह्माण्ड चेतनाको स्वरूप तसर्थ शून्य यथार्थमा तपाई हामीले सोचे जस्तो साधारण गुणको हुँदैन। छैन। यसको चर्चा  शब्द ब्रह्म मार्फत मात्र दिन सकिन्छ।

कुनै पनि धनात्मक अङ्कले तपाइको अहङ्कार (Ego), चिन्ता र असुरक्षा (Anxiety ) भावको प्रतिनिधित्व गर्दछ। ऋणात्मक अङ्कले तपाइको हीनता वा दोष भाव (Depression) तथा दर्दको (Sorrow or  Sufferings) पक्षको प्रतिनिधित्व गर्दछ। ऋणात्मक वा धनात्मक अवस्था लाई शून्यले भाग गर्नुको अर्थ  अहङ्कार (Ego), चिन्ता र असुरक्षा (Anxiety ) एवं  हीनता वा दोष भाव (Depression) तथा दर्द (Sorrow or  Sufferings)  वाट ज्ञानको मध्यमले आत्मा ज्ञानको प्राप्ति मार्फत मुक्ति प्राप्त गर्नु लाई आनन्द अर्थात् परम आनन्द प्राप्त गर्नु भनिएको छ।  

यसरी हेर्दा सुख -दुख र आनन्द बिच अत्यन्त फराकिलो खाडल रहेको प्रस्ट बुझ्न सकिन्छ।

प्रतिक्रिया