खोटाङको कबुलियती वनहरुमा भुइँकटहरको २० हजार बिरुवा रोपियो

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका २० वटा कबुलियती वनमा भुइँकटहरको २० हजार बिरुवा रोपिएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित कवुलियती वनमा १८ हजार र वडा नं.५ दुर्छिमस्थित कवुलियती वनमा दुई हजार बोट बिरुवा रोपिएको हो । कवुलियती वन बिकास तथा प्रवद्र्धन कार्यक्रम अन्तरगत कबुलियती वनमा भुइँकटहरको बिरुवा रोपिएको डिभिजन वन कार्यालय खोटाङले जनाएको छ । सुक्खा क्षेत्रमा कम लगानीमा उत्पादन गर्न सकिने तथा चाँडै राम्रो आम्दानी दिने भएकाले कबुलियती वन समुहको जीवनस्तर उकास्नका लागि भुइँकटहरको बिरुवा प्रदान गरिएको कार्यालयले जनाएको छ । 
बाहुनीडाँडाको कदुवा भुइँकटहरका लागि उपयुक्त क्षेत्र हो । कम लगानीमा उत्पादन गर्न सकिने र चाँडो आम्दानी दिने भएकाले कबुलियती वनमा लगाइएको भुइँकटहर खेतीले आफूहरुको जीवनस्तर उकास्न सहयोग पुग्ने विश्वास उपभोक्ताहरुको विश्वास छ । 
जिवीकोपार्जन सुधार कार्यक्रम अन्तरगत बाहुनीडाँडाको टिपटाप कबुलियती वन समूह, दिप्रुङ चुईचुम्मा–४ बतासेको सल्लेनी साकेला, भण्डारीडाँडा, मार्से र मुसुरीडाँडा कबुलियती वन समुहले बेसार रोपेका छन् । 
 

प्रतिक्रिया