अभिवमा ड्रोन आक्रमण भएपछि इजरायलले गर्यो यमनमा हवाइ आक्रमण

राजधानी तेल अभिवमा ड्रोन आक्रमण भएपछि इजरायलले यमनमा हवाइ आक्रमण गरेको छ । हुथी विद्रोही समूहलाई लक्षित गर्दै इजरायलले हवाइ आक्रमण गरेको हो । आक्रमणमा ३ जनाको मृत्यु भएको छ भने ८० जनाभन्दा बढी घाइते भएका छन । इजरायली आक्रमणपछि एक इन्धन डिपोमा भिषण आगलागी भएको छ । इजरायली रक्षामन्त्री योआव ग्यालेन्टले उक्त आक्रमणपछि अब हुथी समूहले आक्रणको मूल्य बुझ्नुपर्ने चेतावनी दिए । 
यसअघि हुथी समूहले इजरायलको राजधानी तेल अभिवमा शुक्रबार गरेको गरेको आक्रमणमा एक जनाको मृत्यु भएको थियो भने कम्तीमा १० जना घाइते भएका थिए । हुथी समूहले गाजा आक्रमणको विरोधमा समुद्री मार्गमा बेलायत, अमेरिका तथा इजरायलका पानी जहाजलाई निशाना बनाउँदै क्षेप्यास्त्र आक्रमण गर्दै आएको छ । आक्रमणको विरोधमा अमेरिका र बेलायतमा यमनमा हुथी समूहका हतियार भण्डारहरुमा आक्ररुरुमण गर्दै आएका छन ।।  

प्रतिक्रिया