महिला एसिया कप क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दै
बलियो टोलीसँग दोस्रो जितको खोजिमा नेपाल
नेपालले एसीसी महिला एसिया कपको आफ्नो दोस्रो खेलमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलङ्रुकाको रांगिरी दाम्बुला इन्टरनेसनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ । एसिया कपमा नेपाल र पाकिस्तान सन् २०१६ मा आमने सामने भएका थिए । जसमा पाकिस्तानले नेपालमाथि ९ विकेटको जित हात पारेको थियो । समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा यूएइलाई ६ विकेटले पराजित गरेको थियो ।टेस्ट राष्ट्र पाकिस्तानसँग जितकै लागि मैदान उत्रने नेपाली टोलीले जनाएको छ । पाकिस्तान पछिल्ला पाँच टी– ट्वान्टी आईमा जितविहीन छ । समूहको आफ्नो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो । यसै समूहको अर्को खेलमा दिउँसो सवा २ बजे भारत र यूएईबीच खेल हुनेछ । यूएई र पाकिस्तान पराजित भए भारत र नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् । हिजो भएको खेलमा श्रीलंकाले बङगलादेशलाई सात विकेट र थाइल्यान्डले मलेसियालाई २२ रनले हराएको छ ।
प्रतिक्रिया