प्रतिपक्षमा रहेका ३ दलले ओलीलाई विश्वासको मत नदिने

कांग्रेस–एमाले गठबन्धनको केपी ओली सरकार बनेसँगै प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच सिंहदरबारमा छलफल भएको छ । शुक्रबार अपराह्न भएको उक्त छलफलमा प्रतिपक्षी दलहरुले साझा एजेण्डा बनाएर प्रतिपक्षको आवाज कसरी बलियो बनाउने भन्ने बारेमा छलफल भएको छ ।  प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिन लागेको सन्दर्भमा प्रतिपक्षी दलहरुबिच साझा धारणा बनाएर जाने बारेमा छलफल भएको छ । तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत निर्णय गरेको छ । छलफलमा वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको भन्दै यसको भण्डाफोर गरिने निर्णय पनि  गरेको छ
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, रास्वपाका सभापति लामिछानेसहित दोस्रो तहका नेताहरू समेत सहभागी थिए । 

प्रतिक्रिया