सरकारले निर्माण क्षेत्रका समस्या समाधान गर्छ: अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकारले निर्माण क्षेत्रका समस्या समाधान गर्ने बताएका छन् । शुक्रवार निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँगको भेटमा मन्त्री पौडेलले समस्याको आगो तापेर बस्ने भन्दा पनि सरकार समाधान गरेर जाने पक्षमा रहेको बताएका हुन् । उनले निर्माण व्यवसायीहरुले ४० अर्ब भुक्तानी गर्न बाँकी रहेको भने पनि सम्बन्धित मन्त्रालयका सचिवहरुसँग छलफल गर्दा १५ अर्ब मात्रै भुक्तानी गर्न बाँकी रहेको तथ्यांक आएको पनि बताए । सम्पन्न भएको आयोजनाको भुक्तानी नरोकिने बताउँदै उपप्रधानमन्त्री पौडेलले निर्माण क्षेत्रमा काम गर्ने वातावरण बनाउने प्रतिवद्धता पनि जनाए ।
भेटमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई उत्पादनमुलुक क्षेत्रमा राख्न माग गरे । उनले भुक्तानीको समस्या समाधान गर्न रकम रकमान्तर सम्बन्धि मन्त्रालयलाई अधिकार दिनुपर्ने पनि बताए ।
उनले भुक्तानी नपाउँदा चेक बाउन्स हुने गरेको भन्दै त्यसलाई सहजिकरण गर्न पनि माग गरे ।
प्रतिक्रिया