फुटपाथ बढाउने काम नरोक्ने, अदालतको आदेश नमान्नेलाई कानुनअनुसार कारबाही हुने महानगरको चेतावनी

काठमाडौँ महानगरपालिका वडा नं. २२ स्थित न्यूरोडका स्थानीयले काठमाडौँ महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामलाई अवरोध गरेका छन् ।

शुक्रबार काठमाडौँ महानगरपालिकाले वडा नं. २२ स्थित न्यूरोड परिसरमा फुटपाथ बढाउने काम गरेको थियो । केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडि बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम सुरु गरेको थियो ।

स्थानीयले फुटपाथ बढाउने कामको विरोध गर्दै अवरोध गरेका हुन् । उनीहरुले महानगरपालिका विरुद्ध नाराबाजी गर्दै काममा अवरोध गरेका थिए । काठमाडौँ महानगरपालिकाले भने कानुनको परिपालना गर्दै काम गरिएको भन्दै अवरोध गर्नेहरुले अदालतको आदेशको अवहेलना गरेको बताएको छ । अदालतलको आदेशको अवहेलना गर्नेलाई कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

‘‘पूर्वयोजना कार्यान्वयन गर्न नरोक्नु भनेको भएर आज त्यो कार्यान्वयन गर्न आएका हौँ । यो हतारो होइन । पूर्वयोजना हो । हामीले पहिले कार्यान्वयन गरिरहेका थियौँ । त्यस पछाडि अदालतले रोकिदिनुस् भन्यो । अहिले अदालतले गर्नुस्, नरोक्नुस् भनेपछि हामीले कानुनको पालना गर्दै सबैकुरा अगाडि बढाइरहेका छौँ । हिजो रोक भन्दा हामीले रोकेको हो । आज गर भन्दा हामीले गरेको हो । यो हाम्रो नियमित प्रक्रिया हो । त्यही अनुसार हामी अगाडि बढेको हो ।,’’ प्रमुखका स्वकीय सचिव साहले भन्नुभयो, ‘‘हामीले आदेशको पालना गर्ने हो । कानुनभन्दा माथि कोही छैन । हामीले कानुनको पालना गर्दैगर्दा जो मान्छेहरु यो हुनुहुँदैन भनेर आइरहनुभएको छ । उहाँहरुले अदालतको आदेशको अवहेलना गर्नुभएको छ । उहाँहरुले भोलि कुनैपनि कानुनभन्दा बाहिर गएर कार्य गर्नुभयो भने उहाँहरुले कानुनअनुसार दण्ड, जरिवाना सहनुपर्ने छ । हामी कानुनमा स्ट्रिक छौँ ।’’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै काठमाडौँ महानगरपालिका प्रमुखका स्वकीय सचिव भूपदेव साहले महानगरले पूर्वयोजना अनुसारको काम अगाडि बढाएको बताP । उgले अदालतको आदेशअनुसार आफूहरुले काम गरेको भन्दै कानुन अनुसार अगाडि बढ्ने बताP। उgले काम नरोकिने र अदालतको आदेश कडाइपूर्वक कार्यान्वयन गर्ने जनाउँदै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी नेपाल सरकारको भएको जानकारी दिP।
 

प्रतिक्रिया