प्रचण्ड, नेपाल र लामिछानेबिच सिंहदरबारमा भेटवार्ता
प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्रसहित तीन दलका नेताहरुबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको हो ।
भेटका क्रममा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको संसदमा विश्वासको मतलगायतका विषयमा छलफल भइरहेको बताइएको छ । कांग्रेससँग मिलेर प्रधानमन्त्री बनेको केपी ओलीले आइतबार विश्वासको मत लिँदैछन् । एमालेले कांग्रेससँग मिलेपछि तीनै दल सत्ताबाट बाहिरिएका छन् ।
कांग्रेस एमाले गठबन्धनलाई अधिकांश सबै साना दलले समर्थन गरेपनि माओवादीसहित रास्वपा र नेकपा एस विपक्षमा देखिएका छन् ।तीन शीर्ष नेताबीच पछिल्ला विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल भइरहेको बुझिएको छ ।
प्रतिक्रिया