सरकारलाई एमालेको १० बुँदे सुझाव

 सत्तारुढ दल नेकपा एमालेले सरकारलाई १० बुँदे सुझाव दिएको छ । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर एमाले प्रतिनिधि मण्डलले सरकारले आगामी ३ वर्षभित्र गर्न सक्ने ठोस कार्यसम्बन्धी १० बुँदे सुझाव दिएको हो । गत असार २१ केन्द्रीय बसेको पार्टीका २८ वटा केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्री ओलीलाई १० बुँदे सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

सुझावमा सुशासन, विकास निर्माणका कामलाई तीव्रता, रोजगारी सृजना, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धिदर गर्ने विषय, सेवा प्रवाहमा सहजता, जटिल प्रशासनिक प्रक्रियालाई सहज बनाउने लगायत विषयलाई समेटिएको छ ।

प्रतिक्रिया