उपसभामुखको प्रष्टीकरणः: कुनै अनैतिक कार्य भएको छैन, नियोजित कदम सारियो
उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावावासलाई लेखेको पत्रका सम्वन्धमा सार्वजनिक प्रष्टीकरण दिएकी छन् । सभामुखको जिम्मेवारी वहन गरेको केही साताभित्र आएका निमन्त्रणामा सँगै जानुपर्ने भनी आएको अनुरोधलाई स्वीकार गरी पत्र लेखेको उनले बताएकी छन् । उपसभामुख इन्दिरा राना मगरले करुणाभावले आफूले सहयोग गर्न खोजेको भए पनि पछिल्लो सार्वजनिक भएको पत्रले नियोजित कदम अघि सारेर भएको बताएकी छन् । उनले आफूबाट कुनै अनैतिक कार्य नभएको बताएक्ी छिन् ।
एक विज्ञप्ति जारी गर्दै उनले भनेकी छन्, ‘मेरो स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् । तर, अनैतिनक कार्य मबाट भएको छैन र हुने छैन ।’
उक्त सम्मेलनमा सहभागी भसकेपछि पनि आफू अन्य कार्यक्रमको सिलसिलामा अमेरिकालगायत अन्य मुलुकको यात्रा गरिरहेको उनले बताएकी छन् ।
प्रतिक्रिया