एमाले र कांग्रेसबीचको सम्झौता पत्र सार्वजनिक गर्न सांसद बोहोराको माग

नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहोराले नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा भएको सम्झौता पत्र सार्वजनिक गर्न माग गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक सरोकार समयमा बोल्दै उनले आफूलाई सूचनाको हक अन्तर्गत असार १७ गते मध्यराति दुई दलबीच भएको सम्झौता पत्र उपलब्ध गराउन आग्रह गरे ।सूचनाको हक अन्तर्गत नै भएता पनि कांग्रेस र एमालेका बीचमा भएको भनिएको सम्झौता सार्वजनिक गर्न बोहोराले माग गरे ।

प्रतिक्रिया