विश्वभर कम्प्युटर नेटवर्क डाउन, क्राउडस्ट्राइक हुनसक्ने आशंका

विश्वका विभिन्न देशमा सूचनाप्रविधि (आईटी)मा अवरोध भैरहेको छ ।  अवरोधको कारण माइक्रोसफ्ट र साइबरसेक्युरिटी कम्पनी क्राउडस्ट्राइक हुनसक्ने आशंका गरिएको छ ।विभिन्न बहुराष्ट्रिय सूचना प्रविधि वेबसाइटहरूमा समस्या आउँदा संसारभरका व्यवसायहरूमा असर पारेको छ।  माइक्रोसफ्ट अपरेटिङ सिस्टम प्रयोग गरिएका कम्प्युटरहरू ‘ब्लु स्क्रिन अफ ड्याथ’ अर्थात् अलर्टसहित निलो स्क्रिन देखिएर डाउन हुँदा समस्या भइरहेको छ ।

यसका कारण भारत, बेलायत, अस्ट्रेलियालगायत कयौं देशमा विमानस्थल, बैंक, अस्पताल, यातायातलगायत किनमेल स्टोरमा समेत सेवा अवरोध भएको छ ।कयौँ उडानहरू रद्द भएका छन् । सञ्चार सेवाले काम गर्न छोडेको छ । बेलायतको स्काइ च्यानलले आफ्नो लाइभ गर्न  सकेको छैन ।

यसले एयरलाइन्स क्षेत्रमा पनि ठूलो असर पारेको छ। एयरलाइन्सको कम्प्युटरमा बाधा हुँदा उडान अवतरण र सञ्चालन तालिका नै प्रभावित भएको छ। हालसम्म एक हजार भन्दा बढी उडान रद्द गरिसकेको जानकारीमा आएको छ।

यसले अमेरिकामा आपतकालीन सञ्चार सेवा ९११ नम्बरमा समेत असर पारेको छ। अलास्कामा ९११ काम नगरेको भन्‍दै केही सूचनाहरू आएको बिबिसीले समाचारमा उल्लेख गरेको छ। 

यस्तै रुसी विश्व च्यानल आटीका अनुसार अमेरिका, जर्मनी, स्पेन, बेलायत लगायतका देशहरूमा सञ्चार क्षेत्रमा समस्या आउँदा समस्या भएको हो ।

एन्टिभाइरस सफ्टवेयर उत्पादक साइबरसुरक्षा प्रदायक कम्पनी क्राउडस्ट्राइकले आफ्नो सफ्टवेयरमा अपडेट दिएको र उक्त अपडेटपछि कम्प्युटरमा समस्या आइरहेको बताइएको छ ।

क्राउडस्ट्राइकको सफ्टवेयरका कारण मात्रै समस्या भइरहेको हो अथवा माइक्रोसफ्टमा पनि समस्या आएको हो भन्ने स्पष्ट भइसकेको छैन ।

माइक्रोसफ्टमा समस्या भएको भए यो अझै धेरै ठाउँमा हुनसक्ने भन्दै क्राउडस्ट्राइकको सफ्टवेयर प्रयोग गरिएका कम्प्युटरमा समस्या हुनसक्ने आंकलन गरिएको छ ।  

प्रतिक्रिया