गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता

गृहमन्त्री रमेश लेखक र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबीच शुक्रबार भेटवार्ता भएको छ। भेटमा अमेरिकी राजदूत डिनले गृहमन्त्री लेखकलाई नयाँ कार्यकालको बधाई तथा सुभकामना दिएका छन्।

भेटमा राजदूत थम्पसनले नेपालको सामाजिक आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न सधै इच्छुक रहेको बताएका छन् । एमसिसी परियोजनाले नेपालको समृद्धिमा उल्लेखनीय योगदान पु¥याउने विश्वास रहेको र परियोजना कार्यान्वयनमा नेपाल सरकारको तर्फबाट सधैँ सहयोग हुने अपेक्षा पनि राजदूतले गृहमन्त्रीसमक्ष व्यक्त गरेका छन्।

अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न तत्पर रहेको, नेपाल र अमेरिकाबीच ७० वर्ष पूरानो द्विपक्षीय सम्बन्ध कायम भएको, लोकतन्त्र, मानव अधिकार, कानुनी शासन लगायतका विषयमा दुबै देशको साझा धारणा रहेको भेटपछि गृहमन्त्रीको सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया