मोदीले दिए समकक्षी ओलीलाई औपचारिक बधाई
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक बधाई पठाएका छन् । एमालेका अध्यक्ष अोली प्रधानमन्त्रीमा नियुक्त हुने बित्तिकै सबभन्दा पहिले आफ्नो ट्वीटरबाट बधाई दिएका मोदीले दुई पन्नाका लिखित बधाई पठाएका हुन् ।
जुलाई १६ मा औपचारिक पत्रमा बधाई दिनु अगाडि मोदीले आफ्नो सामाजिक सञ्जाल ट्विटरबाट अग्रिम बधाई दिइसकेका थिए ।
मोदीको दुई पेज लामो बधाई पत्रमा नेपाल र भारत सदियौँ पुरानो सम्बन्धमा जोडिएको र दुई देशको जनस्तरको सम्बन्ध राम्रो भएको भन्दै मोदीले नेपाललाई भारतको छिमेक प्रथम नीति अन्तर्गतको प्राथमिकतामा परेको साझेदार भनेर चित्रित गरेका छन् ।
बधाई पत्रमा प्रधानमन्त्री अोलीलाई बधाई दिनुको साथै दुई देशको सम्बन्धको बारेमा पनि चर्चा गरेका छन् । प्रधानमन्त्री मोदीले विगतमा पनि प्रधानमन्त्री ओलीसँग विगतमा गरेको सहकार्यको पनि चर्चा गरेका छन् ।
विगतमा ओलीसँग गरेको कामको अनुभवका आधारमा आउने दिनमा दुई देशको विकास र समृद्धिमा मिलेर कार्य गर्ने भनिएको स्रोतले दाबी गरेको छ ।
प्रतिक्रिया