सिमलताल दुर्घटनाका २ यात्रीका शव भारतमा भेटिए

चितवनको सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतमा फेला परेको छ । बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुईवटा शव फेला परेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले ती शव फेला पारेको जानकारी सशस्त्र प्रहरी बललाई गराएको छ ।  शवको पहिचान भइसकेको छैन । शुक्रबार बिहानसम्म हराएका दुईवटा बसका ६२ यात्रुमध्ये २३ जनाको शव फेला परेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

२३ शवमध्ये १४ शवको सनाखत भएको छ । आठ पुरूष र एक महिलाको  सनाखत हुन बाँकी छ ।०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र ०३–००६ ख १५१६ नम्बरको एन्जल बस बेपत्ता भएका थिए । 

प्रतिक्रिया