अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख राना विवादमा

पदीय मर्यादाविपरीत अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख इन्दिरा राना विवादमा परेकी छिन । आफूसहित ६ जनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन दूतावासलाई आग्रह गरेको पत्र सार्वजनिक भएपछि उनले पदीय जिम्मेबारी विपरित काम गरेको भन्दै विरोध भएको हो । डेढ वर्षअघि दूतावासका कन्सुलर जनरललाई सम्बोधन गर्दै लेखिएको पत्रमा उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर रहेको छन । विशिष्ट व्यक्तिहरुलाई विदेश जानुपरेमा भिसा लगायतका सबै प्रक्रिया सरकारी संयन्त्रले नै अघि बढाउने भएपनि उनले दुतावासलाई पत्र लेखेको खुलेपछि सामाजिक सञ्जालमा समेत उनको आलोचना भएको छ । कतिपयले रानाले राजीनामा दिनुपर्ने माग समेत गरेका छन । आफूसहित केही युवालाई भिसा दिलाउन भन्दै उपसभामुख रानाले आफ्नो कार्यालयको लेटरहेडमा सिफारिश गर्नुलाई केहीले मानव तस्करीको संज्ञा समेत दिएका छन । उपसभामुख रानाले भने आफुले जानकारीको अभावमा चिनेका मानिसलाई सिफारिस गरेको प्रतिक्रिया दिएकी छिन ।  राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बनेकी हुन ।। 

प्रतिक्रिया