सहकारीले ऋणिमाथि अभद्र व्यवहार गरेको भन्दै महिलाहरु आन्दोलित
ऋणिमाथि सहकारीले अभद्र व्यवहार गरेको भन्दै सर्लाहीको मलंगवामा प्रदर्शन भएको छ । चमेली बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्रका कर्मचारीहरुले अभद्र व्यवहार गरेको भन्दै सदस्यहरुले प्रदर्शन गरेका हुन । पटक–पटक ऋण वापतको हर्जाना ब्याज तिर्दै आएपनि सहकारीले महिलाहरुमाथि नराम्रो व्यवहार गरेको प्रदर्शनकारीको आरोप छ ।
चमेली बचत तथा ऋण सहकारी संस्थाले भने बचतकर्तामाथि दुव्र्यवहार नगरेको दाबी गरेको छ । किस्ता समयमा तिर्न आग्रह गर्दा विरोधमा उत्र्रेको सहकारीको दाबी छ ।
मलंगवा तीन कि रानी देवी साहले संस्थाबाट आठ लाख रूपैया ऋण लिएर किस्ता तिर्दा पनि धक्की खेपेको दाबी गरेकी छिन । ब्रहमपुरी कि अनिता सिंह चौधरीले पनि डेढ लाख रूपैया ऋण लिएकोमा १ लाख २० हजार तिरीसक्दा पनि धक्काउने गरेको गुनासो गरिन । छोरीको बिहेका २ लाख ५० हजार ऋण लिएकी अकसिया देवी सिंहले पनि सहकारीले किस्ता तिर्दा समेत दुःख दिने गरेको आरोप लगाइन ।
प्रतिक्रिया