बाग्लुङ सदरमुकाममा खानेपानीको हाहाकार

लगातारको बर्षाको कारण मुहानमा क्षति पुगेपछि उपभोक्ता मारमा

लगातारको बर्षाको कारण मुहानमा क्षति पुगेपछि बाग्लुङ सदरमुकाममा खानेपानीको हाहाकार मच्चिएको छ । बाग्लुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत बाग्लुङ नगरपालिका भित्र वितरण गर्दै आएको योजनामा बर्षातले क्षति गरेको हो । बाग्लुङ सदरमुकाममा ल्याइएको खानेपानी लेखानीको भुग्दी खोलाको मुहानबाट पानी नआएपछि एकसातादेखि पानी वितरण प्रभावित भएको छ । बागलुङ नगरपालिका ३ कैलामपोखरी लिफ्टिङ खानेपानी आयोजना  समेत पुर्ण क्षमतामा चलेको छैन । लिफ्टिङ खानेपानी आयोजनाको  ८ वटा मोटर मध्य अहिले २ वटा मात्र संचालन भइरहेको ६ वटा मोटर सामान्य मर्मत नगर्दा खानेपानीको चरम हाहाकार हुन पुगेको छ ।अहिले बाग्लुङ नगरपालिकाका १,२,३,र ४ भित्र खानेपानी अभाव चर्केको छ ।  बाग्लुङ सदरमुकाममा ल्याइएको खानेपानीको पाइप बगाएपछि मर्मत सुरु गरिएको खानेपानी आयोजनाले जनाएको छ । बाग्लुङको काँठेखोला गाउँपालिका लेखानी भुग्दी खोला बाट ल्याइएको पानीको पाइप बर्षाको भेल बगाएपछि बिहीबारबाट m मुहानको पानी ल्याउन बगाएको पाइप फेर्ने काम अघि बढेको हो । उपभोक्तालाई शुद्व खानेपानी खुवाउने जिम्मा पाएको समिति राजनीतिक खिचातानीमा लाग्दा प्रभावकारी काम हुन नसकेको स्थानीयको गुनासो छ । निर्वाचित अध्यक्ष केवी राना मगरले राजीनामा दिएपछि समितिमा विवाद छ । बाग्लुङ बजारमा चार हजार भन्दा बढी खानेपानी उपभोक्ता रहेका छन । 

प्रतिक्रिया