मौद्रिक नीति सार्वजनिक कार्यक्रम स्थगित
सरकारसँग थप परामर्श आवश्यक रहेको केन्द्रीय बैंकको जिकिर
राष्ट्र बैंकले आज ल्याउन लागेको मौद्रिक नीति अन्तिम समयमा आएर रोकिएको छ । प्रधानमन्त्री केपी ओलीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले थप छलफल गर्न चाहेकाले मौद्रिक नीति सार्वजनिक कार्यक्रम स्थगित गरिएको हो । खतिवडा हिजो मात्रै सल्लाहकारमा नियुक्त भएका हुन । यसअघि नेपाल राष्ट्र बैंकको व्यवस्थापन समितिबाट पारित गरेर अर्थमन्त्रीलाई समेत मौद्रिक नीतिबारे जानकारी गरेर आज सार्वजनिक गर्ने तय भएको थियो । सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय अपुग भएको भन्दै तत्काललाई रोकिएको हो । आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने तयारी स्थगित भएको हो । सञ्चालक समितिमा छलफल गर्न थप केही समय चाहिने भएकाले आज मौद्रिक नीति सार्वजनिक नहुने भएको हो ।
प्रतिक्रिया