प्रधानमन्त्री ओलीले आज सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गर्दै
प्रधानमन्त्री केपी ओलीले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग छलफल गर्दैछन् । प्रधानमन्त्रीको कार्यालयले सम्पादकहरुलाई संवादका लागि दिउँसो २ बजे सिंहदरबार बोलाएको हो । सरकारलाई सुझाव दिनका लागि प्रधानमन्त्रीले सम्पादकसँगको कार्यक्रम आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले सरकारको आगामी भूमिका, सरकारले गर्नुपर्ने काम तथा वर्तमान राजनीतिक परिस्थितीका विषयमा प्रधानमन्त्री ओलीले सम्पादकको सुझाव लिने बताइएको छ ।
प्रतिक्रिया