लम्पी स्किन माहामारीबाट क्षति बेहोरेका किसानले अझै पाएनन् राहत

अघिल्लो बर्ष लम्पी स्किनको माहामारीबाट अर्बौंको क्षति बेहोरेका किसानले अहिलेसम्म पनि राहत पाउन नसकेको पाईएको छ । गोठ रित्तिएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म किसानलाई एक रुपैयाँ पनि पाउन नसकेका हुन । पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनेबारे कृषि मन्त्रालयले अर्थ मन्त्रालयमा पत्र पठाएको छ । तर अर्थले बजेट निकासा नगर्दा किसान राहतवाट बन्चित भएका छन । महामारीबाट किसानको करिब ९० अर्ब बराबरको क्षति भएको अनुमान छ । गत वर्ष १५ लाखभन्दा धेरै गाईभैँसीमा लम्पी स्किन रोग देखा परेको थियो । रोग देखापरेकामध्ये ६५ हजारभन्दा धेरै पशु चौपाया मरेका थिए । गत वर्षभन्दा यो वर्ष लम्पी स्किनको खतरा कम रहेको मन्त्रालयले जनाएको छ । रोग नियन्त्रणका लागि यो बर्ष सरकारले पशुहरुमा खोप अभियान समेत चलाउदैछ । 
 

प्रतिक्रिया