वर्षासँगै विपद्का कारण बजारमा हरियो तरकारीको अभाव
बर्षा लागेसँगै बजारमा हरियो तरकारीको अभाव देखिएको छ । केही दिनदेखि बजारमा असाध्यै कम तरकारी भित्रिएकाले बिहानै सकिने र साँझपख बजार आउने उपभोक्ता रित्तै फर्किनुपर्ने अवस्था आएको छ । काठमाडौंको तरकारी बजारमा चितवन, मकवानपुर, दोलखा, धादिङ, काभ्रे, नुुवाकोट, तराईका बारा, पर्सा, सर्लाही, सप्तरी, महोत्तरीलगायतका ठाउँबाट तरकारी आउने गर्दछ । तर केही दिनदेखि तीमध्ये अधिकांश ठाउँबाट तरकारी भित्रिएको छैन । तराई क्षेत्र डुबान र पहाडी क्षेत्रमा पहिरोका कारण तरकारी संकलन र ढुवानीमा समस्या भइरहेको छ । देशभरि हरियो तरकारी सङ्कलन तथा ढुवानीमा समस्या हुँदा किसानले ठूलो नोक्सान भोग्नु परेको छ । किसानले उत्पादन गरेको तरकारी सडक अवरुद्ध हुँदा बारीमै कुहिएको छ भने उपभोक्ताले खोज्दा पाएका छैनन । हाल बाहिरी जिल्लाबाट काठमाडौँ उपत्यकामा आउने तरकारी नै ४० प्रतिशत घटेको बताइएको छ । पछिल्लो १५ दिनदेखि तरकारीको भाउ उकालो लागेको छ । बन्दा, गोलभेँडा, काउली, तने बोडी, घिउसिमी, तितेकरेला, लौका, घिरौला सबैको भाउ बढेको छ ।
प्रतिक्रिया