रिपब्लिकनद्वारा ट्रम्पलाई अमेरिकी राष्ट्रपतिको आधिकारिक उमेद्वार घोषणा
चुनावी दौडबाट बाहिरिन बाइडेनलाई पार्टी भित्रै दबाब
अमेरिकामा आसन्न राष्ट्रपतिको निर्वाचनका लागि रिपब्लीकन पार्टीले डोनाल्ड ट्रम्पलाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ । मिलवाकेमा जारी रपब्लीकन पार्टीको सम्मेलनको अन्तिम दिन आज ट्रम्पलाई आधिकारिक रुपमा उम्मेदवार घोषणा गरेको हो । पार्टीले औपचारिक रूपमा आउँदो कार्यकालको राष्ट्रपति पदको उमेदवारका रूपमा अनुमोदन गरेपछि ट्रम्पले बैठकलाई सम्बोधन समेत गरेका छन । । पेन्सीलभेनियामा चुनावी सभाकै क्रममा भएको गोलीकाण्ड पछि ट्रम्प आज पहिलो पटक सम्बोधन गरेका छन । सम्बोधनका क्रममा उनले सबै अमेरिकीलाई एक हुन आहन गरे । आफ्नो पक्षमा भगवान् रहेको कारण शनिबार पेन्सिलभानियामा भएको आक्रमणमा आफु बचेको समेत ट्रम्पले बताए । आफूले त्यो दिन टाउको नचलाएको भए रिपब्लिकन पार्टीको समारोहमा आउन नपाउने अवस्था हुने समेत उल्लेख गरे । ट्रम्पले शनिबारको ¥यालीमा मृत्यु भएका व्यक्तिप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन । राजनीतिक कार्यक्रममा कमै मात्र उपस्थित हुने ट्रम्पपत्नी मेलानिया पनि त्यहाँ पुगेकी थिइन ।।
प्रतिक्रिया