ट्रम्प राष्ट्रपति बनेमा उनीसँग काम गर्न सहज छैन: जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेमा उनीसँग काम गर्न सहज नहुने बताएका छन् । यद्यपि उनले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको पनि बताएका छन । केही दिनअघि ट्रम्पले ओहायोका सिनेटर जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका थिए । ३९ वर्षीय जेडी भान्सले युक्रेनमा जे भए पनि वास्ता नगर्ने बताइसकेका छन् । भान्स युक्रेनमा युद्धको लागि आर्थिक सहयोगको विरुद्धमा छन् । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भए युक्रेनका सम्बन्धमा अमेरिकाको नीति परिवर्तन हुने आशंका बढेको छ ।  जेलेन्स्कीले युक्रेनमा के भइरहेको छ भन्ने थाहा नभएको हुनाले अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताएका हुन । जेलेन्स्की हाल बेलायत भ्रमणमा छन । जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केयर स्टार्नरसँग पनि भेट गरेका छन ।  भेटमा स्टार्नरले सम्भव भएसम्म युक्रेनको साथ रहने  आश्वासन दिएका छन । 

प्रतिक्रिया