महिला एसिया कप क्रिकेटमा नेपाले आज युएइको सामना गर्दै
समूह चरणको पहिलो खेलमा सहज जित निकाल्ने लक्ष्य
महिला एसिया कप क्रिकेटमा आज नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ । श्रीलंकामा नेपाली टोलीले पहिलो खेलमा युएइको महिला टोलीको सामना गर्नेछ । खेल राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउसो सवा दुई बजे सुरु हुनेछ । महिला एसिया कप खेल्न समूह ए मा रहेको नेपाली महिला क्रिकेट टोलीले समूह चरणमा युएईसँगै पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गर्ने छ । यसअघि सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको नेपालले आठ वर्षपछि पुनः अहिले प्रतियोगिता खेल्न लागेको हो । एसिया कप साउन ४ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणबाट दुई–दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल भिडन्त हुनेछ । एसिया कप क्रिकेट प्रतियोगिता अघि नेपाली टोलीले श्रीलंकाको श्रीलङ्का डेभलपमेन्टसंग तीन खेलको अभ्यास खेल खेलेको थियो । जसमा नेपाल २–१ ले पराजित भएको थियो ।
नेपाल पराजित
प्रतिक्रिया