सांसदहरूको प्रधानमन्त्रीसँग साउन ७ गते प्रश्नोत्तर कार्यक्रम
सभामुख देवराज घिमिरेले मुख्य र प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। छलफलमा प्रतिनिधि सभाको साउन ६ गतेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्रस्ताव पेस गर्न समय मागेकोले त्यसलाई कसरी व्यवस्थित गर्नेलगायत कुराकानी भएको छ।
प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिने र साउन ७ गते प्रतिनिधि सभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम पनि तय भएको छ। सोही प्रयोजनका लागि गृहकार्यस्वरूप सभामुखले सचेतकहरूसँग छलफल गरेका हुन्।
प्रतिक्रिया