सभामुख र प्रमुख सचेतकहरूबिच सिंहदरबारमा छलफल

नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनको सत्ता समीकरणपछि सभामुख देवराज घिमिरेले पहिलो पटक राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सिंहदरबारमा जारी छलफलमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी छन् । 

छलफलमा पछिल्लो राजनीतिक गतिविधि र सदनको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ । छलफलमा उपसभामुख इन्दिरा राना पनि सहभागी छिन् । 

प्रतिक्रिया