चीनमा चौध तले सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु

चीनको सिचुवान प्रान्तको शाङडोङस्थित एउटा १४ तले सपिङ सेन्टरमा बुधबार साँझ आगलागी हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । ३० जनालाई भने त्यहाँबाट सुरक्षित स्थानमा सारिएको छ । उद्धार कार्य रातभरीमा पूरा गरिएको जनाइएको छ । आगलागीको कारण खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानमा सो भवनमा निर्माणको कार्य भैरहेको समयमा आगलागी भएको खुलेको छ । थप अनुसन्धान भैरहेको बताइएको छ ।। 
 

प्रतिक्रिया