नेपाल प्रतिभाहरु जन्माउने देश हो: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले नेपाल गीत, संगीतलगायतका प्रतिभाहरु जन्माउने देश भएको बताएका छन् । छिन्नतला गीत पुरस्कार गुठीले बुधवार काठमाडांैमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कला, संस्कृति, संगीत, बाद्यबादन, गायनको विकास गर्ने ठाउँ नेपाल भएको पनि बताए । उनले नेपाल विभिन्न विधाका प्रतिभाहरु रहेको ठाउँ भएको र उनीहरुलाई खोजीखोजी सम्मान गर्ने काम गरेको भन्दै छिन्नलता गुठीको प्रशंशा समेत गरे ।
कार्यक्रममा २०७९ सालको छिन्नलता पुरस्कार गीतकार भुषण खरेल, संगीततर्फ मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई प्रदान गरिएको थियो । त्यसैगरी, २०८० सालको छिन्नलता पुरस्कार गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भुपु पाण्डेलाई दिइएको थियो । छिन्नलता गीत, संगीत र गायनको पुरस्कारको राशी जनही एक लाख रहेको छ ।
प्रतिक्रिया