जलवायु परिवर्तनबाट भएका विपद्जन्य घटनालाई नेपालले विश्वसामु लैजान सकेन

नेपालले जलवायु परिवर्तनबाट भएका विपद्जन्य घटनाहरुलाई विश्वसामु स्पष्टसँग लैजान नसकेको विज्ञहरुले बताएका छन् । विज्ञहरुले नेपालको हकमा जलवायु परिवर्तनमा विभिन्न खालका घटना, परिघटनाहरु भइरहेको जिकिर गरे । नेपालले जलवायुजन्य विपद्बाट परेका असरहरु विश्वसामु संख्यात्मक हिसावमा मात्रै देखाएको भन्दै जलवायुबाट निम्तिएका घटनाहरुलाई यथेष्ठ प्रमाणसहित लैजान आवश्यक रहेको विज्ञको भनाइ छ । 
बाइट ः 
जलवायुजन्य विपद्का घटनाहरु कुन कारणले भएका छन् भन्ने यथेष्ठ प्रमाणहरु जुटाउन सरकारसँग विज्ञहरुको आग्रह छ । हिमाल पग्लिरहेको कुरादेखि कृषि र समाजमा परेको असरलाई राम्रोसँग नियाल्न र विश्वसामु देखाउन नसकेको उनीहरुले औल्याएका हुन । नेपालसँग जलवायु परिवर्तनका कारण भएका विपद्जन्य घटनाहरु वैज्ञानिक रुपमा पनि प्रमाणित भइसकेको केही घटनाहरु रहेका छन । १९७० देखि २०१९ सम्मको तथ्यांकलाई हेर्दा नेपालमा भएका विपद्जन्य घटनामध्ये ७९ प्रतिशत घटना जलवायु परिवर्तनका कारणले भएको अध्ययनले देखाएको छ । जलवायु परिवर्तनबाट हुने क्षति कम गर्न स्पष्ट योजना बनाउन जरुरी रहेको विज्ञ बताउछन । अहिले १ डलर विपद्पूर्व तयारीका लागि गर्ने हो भने भविष्यमा ४ डलर रुपैयाँ जोगाउन सकिने बताइन्छ ।।  
 

प्रतिक्रिया