हिमाली जिल्ला संखुवासभा बाढी र पहिरोको उच्च जोखिममा
मकालु गाउँपालिकाका २४ परिवार विस्थापित
मनसुन सक्रिया हुँदा हिमाली जिल्ला संखुवासभा बाढी र पहिरोको उच्च जोखिममा परेको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार मनसुनको सुरुमै मकालु गाउँपालिकाका २४ परिवार विस्थापित भएका छन् । वडा नं. २ मा गएको पहिरोबाट स्थानीयलाई आवतजावतमा समस्या भएको छ भने केही घर परिवार विस्थापित भएका छन् । वडा नं. ६ को वडा कार्यालय नजिकै पहिरो गएपछि स्थानीयलाई वडा कार्यालयसम्म आउन समस्या भएको छ ।
जमिनमा धाँजा फाट्ने र पहिरो खस्न थालेपछि स्थानीय विचल्लीमा परेका छन् । कतिबेला पहिरोले लाने हो भन्ने चिन्ता स्थानीयमा छ ।
१० स्थानयि तह रहेको संखुवासभाको मकालु गाउँपालिकामा वर्षेनी पहिरकोका कारण जनधनको क्षति हुने र विस्थापित परिवारको संख्या बढ्दै गएको छ । असारमा पहिरोका कारण मकालु गाउँपालिका ५ मा एक जनाको मृत्यु भयो । पशु चौपाय मरेका थिए । मकालु गाउँपालिकामा पहिरोका कारण विस्थापित हुनेहरुको ताजा तथ्यांक नभएपनि विस्थापित हुनेहरुको संख्या बढीरहेको छ ।
प्रतिक्रिया