अर्थमन्त्रालय नपाएको भन्दै मधेसवाट समर्थन फिर्ता लिने काँग्रेसको चेतावनी
अर्थमन्त्रालय नपाएको भन्दै कांग्रेसले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। यसअघिको सहमति अनुसार मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ मन्त्रालय नदिएपछि कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएको हो । सहमति कार्यान्वयन नभएको विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाइएको छ । बदलिएको समीकरणमा कांग्रेसले अर्थसहित चार मन्त्रालयमा दाबी गर्दै आएको छ । मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय आफैं राख्ने अडान लिएपछि कांग्रेस बिच्किएको हो । मुख्यमन्त्रीले सहमति पालना नगरे कांग्रेसले वर्तमान सरकारको विकल्प खोज्ने कांग्रेसको चेतावनी छ । अर्थमन्त्री नपाएपछि कांग्रेसले सरकारमा पठाउन लागेका चार मन्त्रीले सपथ लिन मानेका छैनन् । कांग्रेसले समर्थन फिर्ता लिए सिंह नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । त्यस्तै दुई मन्त्रालयको दाबी गर्दै आएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा पनि सरकारसँग असन्तुष्ट देखिएको छ ।१ सय ७ सदस्यीय मधेस प्रदेशमा २३ सिटसहित एमाले पहिलो दल छ भने कांग्रेसको २२ सिट छ । मधेसमा जनतमतका १३ सांसद छन् । सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ ।
प्रतिक्रिया