हतुवागढी गाउँपालिकाले प्रशासनिक भवन बनाउँदै
भोजपुरको हतुवागढी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको कामले तीव्रता पाएको छ । भवन अभावमा नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा कठिनाई भएपछि प्रशासनिक भवन निर्माण थालिएको हो । गाउँपालिका र संघ सरकारको लागत साझेदारीमा निर्माण थालिएको भवन निर्माणको काम करिव ३४ प्रतिशत सम्पन्न भएको छ ।
प्रशासनिक भवन नहुँदा गाउँपालिकाको सेवा प्रवाहमा समस्या हुँदै आएको छ । सेवा प्रवाहमा सहजता थप्न लागि यहाँ भवन निर्माणको काम थालिएको गाउँपालिकाले जनाएको छ । भवन निर्माणको कामलाई गुणस्तरियढंगले समयमा सम्पन्न गराउन भूमिका खेलिरहेको गाउँपालिकाको भनाइ छ ।
भवन गाउँपालिका र संघिय सरकारको भ्याटसहित सात करोड ५० लाख ४४ हजार लागतमा निर्माण भईरहेको छ । भवन निर्माणको लागि हालसम्म गाउँपालिकाको तर्फबाट दुई करोड ५० लाख संघ सरकारको १२ लाख गरी कुल दुई करोड ६२ लाख भुक्तानी गरिएको भैसकेको छ ।
प्रतिक्रिया