चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति भोलि शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । अर्थमन्त्री विष्णु पौडेलसँगको लामो छलफलपछि गभर्नर महाप्रसाद अधिकारीले भोलि मौद्रिक नीति ल्याउने तयारी गरेका हुन । मौद्रिक नीतिमा गरिने व्यवस्थाबारे आज राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा अहिलेको वर्तमान अवस्था र आगामी मौद्रिक नीतिमा लिने नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल हुनेछ । केन्द्रीय बैंकले आगामी नीतिका विषयमा बैंकर्स संघसहित सबै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिमूलक संस्थासँग पनि छलफल गरिसकेका छन् । निजी क्षेत्रबाट मौद्रिक नीति लचिलो बनाउन सुझाव दिइसकेका छन ।गएका दुई वर्ष कर्जा विस्तारमा निर्मम बनेको राष्ट्र बैंकले यस वर्ष भने तुलनात्मक रूपमा खुकुलो नीति ल्याउने तयारी गरेको छरु। कर्जा माग नहुँदा बैंक तथा वित्तीय संस्थामा करिब ८ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको, ब्याजदर निकै तल झरिसकेको, रेमिट्यान्स बढिरहेको, विदेशी मुद्रा सञ्चिति, शोधनान्तरलगायत सूचक बलियो रहेको मौकाको सदुपयोग गर्दै राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमा कर्जा विस्तारलाई प्रोत्साहन हुने खालका व्यवस्था गर्न लागेको हो । ब्याजदर वाञ्छित सीमामा राख्दै वित्तीय स्थायित्व नखलबलिने र बजेटमार्फत सरकारले तय गरेको ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सहयोगी हुने गरी राष्ट्र बैंक यस वर्षको मौद्रिक नीति तर्जुमाको अन्तिम तयारीमा जुटेको हो । 

प्रतिक्रिया