अमेरिकी राष्ट्रपति जो बाइडनलाई तेस्रोपटक कारोना संक्रमण

अमेरिकी राष्ट्रपति जो बाइडनलाई तेस्रोपटक कारोना संक्रमण पुष्टि भएको छ । लस भेगसको भ्रमणमा रहेका बेला उनी संक्रमित भएका हुन ।  ८१ वर्षीय बाइडनको स्वासप्रस्वासमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । उनको अवस्था भने सामान्य रहेको ह्वाइट हाउसले जनाएको छ । कोरोना संक्रमित भए पनि स्वास्थ्य उपचारपछि उनी आफ्नो पूर्व निर्धारित चुनावी ¥यालीलाई सम्बोधन गर्नसक्ने बताइएको छ । कारोना संक्रमण देखिएपछि बाइडनलाई कारोना खोपका साथ बुस्टर डोज पनि दिइएको बताइएको छ । बाइडेन डेलावेयरस्थित आफ्नो निजी निवासका आइसोलेसनमा बसेका छन । सो क्रममा उनले आफू ठिक महसुस गरिरहेको बताएका छन । बाइडेन रिपब्लिकन उम्मेदवार डनल्ड ट्रम्पसँगको प्रेसिडेन्सियल डिबेटमा कमजोर प्रस्तुति गरेपछि उनको स्वास्थ्य अवस्थालाई लिएर निरन्तर राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न दबाब बढेको छ । कारोना संक्रमण पुष्टि भएसँगै थप आलोचना हुने अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । बाइडेनलाई उम्मेदवारी दिनबाट पछि हट्न भन्ने सासंदको संख्या १२ भन्दा बढी पुगिसकेको छ ।। 

प्रतिक्रिया