काभा महिला भलिबलमा नेपालले आज राती श्रीलंकासँग प्रतिस्पर्धा गर्दै
नेपाली युवा टोली स्वर्ण पदक जित्ने लक्ष्यमा
बिस बर्ष मुनिको काभा महिला भलिवल प्रतियोगितामा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । माल्दिभ्सको मालेमा खेल नेपाली समय अनुसार राति १० बजे सुरु हुने छ । पहिलो पटक प्रतियोगितामा सहभागी नेपाल छोटो समयको प्रशिक्षणका स्वर्ण पदक जित्ने लक्ष्य राखेको छ । नेपाली टोलीमा सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिशा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मीना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री छन् । नेपालले दोस्रो खेलमा साउन ४ गते कीर्गिस्तान र अन्तिम खेलमा माल्दिभ्ससँग ५ गते खेल्ने तालिका छ । प्रतियोगिता साउन ८ गतेसम्म चल्नेछ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभाको कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा नेपाल, श्रीलंका, आयोजक माल्दिभ्स, कीर्गिस्तान गरी ४ टोलीको सहभागिता छ । सिंगल राउन्ड रोबिनका आधारमा सबै टिमले एक आपसमा खेलेपछि सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौंथो हुने तथा दोस्रो र तेस्रो हुने टोलीबीच सेमिफाइनल हुनेछ । दुई खेलको विजेताले फाइनल खेल्नेछन् ।
प्रतिक्रिया