प्रहरीलाई अपराध नियन्त्रणमा सम्झौता नगर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा, व्यवसायिक र निष्पक्षता तथा अपराध नियन्त्रणमा सम्झौता नगर्न निर्देशन दिएका छन्। 

नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले साधनस्रोतका बाबजुद पनि शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान एवम् विपद्को समयमा उद्धार गर्न, जोखिमबाट बचाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरे। 

उनले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी दिएका थिए। 

लोकतन्त्रको आधारभूत मान्यता विधिको शासनलाई लागू गर्नु नेपाल प्रहरीको पहिलो काम रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले जनताले अनुभूति गर्ने विषयसँग जोडिने भएकाले प्रहरी सेवामा सम्झौता नगर्न निर्देशन दिए। 

प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताउँदै उनले यसका लागि जे जति प्रेरणादायी काम गर्नुपर्छ मन्त्रालय सदैव प्रतिबद्ध रहेको उल्लेख गरे। 

प्रतिक्रिया