चन्द्रागिरि केबलकारमा अड्किएका सबै यात्रुको डेढ घण्टापछि उद्धार
काठमाडौंको चन्द्रागिरिस्थित रोकिएको केबलकार पुनस्सञ्चालनमा आएसँगै यात्रुहरूको उद्धार भएको छ। बुधबार दिउँसो प्राविधिक समस्याका कारण करिब डेढ घण्टा बीचमै अड्किएका यात्रुलाई केबलकार पुन: सञ्चालनमा आएसंगै उद्धार गरिएको हो । ८ जना यात्रुलाई टावर नजिकैबाट ओरालिएको थियो। बाँकीलाई भने केबलकारकै चक्का घुमाएर उद्धार गरिएको हो ।
प्राविधिक समस्याका कारण केबलकार रोकिएपछि डिब्बामा करिब ५०-६० जना यात्रुहरू फसेका थिए। फसेको खबरपछि ९ नम्बर पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बुबाट २६ जनाको टोली खटिएको थियो। चन्द्रागिरिको माथिल्लो स्थानमा रहेका मानिसहरूलाई भने कसरी तल ल्याउने भन्ने बुझिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया