नेप्से ५४ अंकले बढ्यो, १२ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको कारोबार

नयाँ सरकार बनेसँगै शेयर बजारमा निरन्तर सुधार देखिएको छ । बुधबार पनि नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ५४ दशमलव ०४ अंकले बढेर २३६४ बिन्दूमा पुगेको छ । बुधबार ३ सय ६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९ सय ३७ कित्ता शेयर १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । आज २०४ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ६ को स्थिर रह्यो । आज सबै क्षेत्रका सूचकहरु बढे । आज बैंकिङ २.०८, विकास बैंक ४.०९, फाइनान्स ५.५०, होटल तथा पर्यटन ५.५५, हाइड्रोपावर १.७१, लगानी १.५३, जीवन बीमा २.१८, उत्पादन ३.०२, माइक्रोफाइनान्स १.८४, निर्जीवन बीमा ३.३४, अन्य १.३६ तथा ब्यापार समूह ७.३ प्रतिशतले बढेको हो । सेन्ट्रल फाइनान्स, सिंगटी हाइड्रो, आखुखोला जलविद्युत् तथा मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा सिंगटी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, सोनापुर सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर र अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।।
 

प्रतिक्रिया