अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पमाथि पुनः आक्रमणको प्रयास
२१ वर्षीय एक युवक एके फोर्टी सेभेन र गोलीसहित पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि पुनः आक्रमणको प्रयास भएको छ । मंगलबार रिपब्लिकन नेसनल पार्टीको अधिवेशनमा सहभागी हुन पुगेका ट्रम्पका लागि सुरक्षा व्यवस्था कडा पारिए पनि आक्रमणको प्रयास भएको अमेरिकी सुरक्षा अधिकारीले जनाएका हुन । अनौठो पहिरन र मास्क लगाएर एउटा ब्यागसहित अधिवेशनस्थल प्रवेश गर्न लागेका २१ वर्षीय युवकवाट प्रहरीले एके–फोर्टी सेभेन र गोली बरामद गरेको हो । प्रहरीले ति व्यक्तिलाई पक्राउ गरेको छ । त्यसैगरी अधिवेशन स्थलभन्दा केही मिटर बाहिर दुई वटा चक्कु लिएर घुमिरहेका अर्का व्यक्ति भने प्रहरीको गोली प्रहारबाट मारिएका छन् । सुरक्षाकर्मीले सो व्यक्तिलाई चक्कु फाल्न भने पनि नमानेपछि प्रहरीले गोली चलाएको हो । पेन्सिलभेनियामा गत शनिबार भएको चुनावी सभामा ट्रम्पमाथि गोली प्रहार भएको थियो । उक्त हत्या प्रयासको विषय नसेलाउँदै ट्रम्पलक्षित पुनः आक्रमणको प्रयासले अमेरिकी सुरक्षा व्यवस्थामाथि नै चुनौती थपिदिएको छ । इरानको योजनामा पेन्सिलभेनियामा ट्रम्पको हत्याको प्रयास भएको अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरुले आरोप लगाएका छन । इरानले भने अमेरिकी आरोप खारेज गरेको छ । अमेरिकी सञ्चारमाध्यमले लगाएको दुर्भावनापूर्ण आरोपलाई इरानले अस्वीकार गरेको हो । तेहरानले सन् २०२० मा अमेरिकी ड्रोन हमलामा रिभोलुसनरी गार्ड्सका कमान्डर कासिम सुलेमानीको हत्याको बदला लिने धम्की दिएपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदले वर्षौँदेखि इरानमाथि निगरानी राखेको बताएको छ ।।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया