लुम्बिनी प्रदेशको चालु आर्थिक बर्षको खर्च ६६.१४ प्रतिशत

चालु आर्थिक बर्षमा लुम्बिनी प्रदेश सरकारले ६६ दशमलव १४ प्रतिशत खर्च गरेको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा ४० अर्ब ४७ करोड ९७ लाख रुपैया विनियोजन गरेको थियो । जसको ६६ दशमलव १४ प्रतिशत अर्थात २६ करोड ७७ करोड ३५ लाख ११ हजार २ सय ३ रुपैया मात्र खर्च गरेको प्रदेश कोष नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा चालु खर्च भन्दा पूंजिगत खर्च बढी भएको छ ।  
प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को पूंजिगत तर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार विनियोजन भएकोमा १६ अर्ब ३ करोड ७ लाख १७ हजार ८ सय ४७ रुपैया खर्च भएको छ । सबै भन्दा बढी खर्च खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयले ७७ दशमलव ४० प्रतिशत गरेको छ भने सबै भन्दा कम मूख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले १६ दशमलव ६९ प्रतिशत मात्र खर्च गरेको छ ।

प्रतिक्रिया