नयाँ सत्ता समीकरण बनाउन लुम्बिनी प्रदेशमा एमाले कांग्रेस सक्रिय

प्रदेश प्रमुख र मुख्यमन्त्री नै राजीनामा दिने मनस्थितीमा

केन्द्रमा सरकार फेरिएपछि नयाँ सत्ता समीकरण बनाउन लुम्बिनी प्रदेशमा एमाले कांग्रेस सक्रिय भएका छन् । केन्द्रमा अझै प्रदेश बाँडफाँडको टुंगो नलागेकाले स्पष्ट निर्देशन नआएपनि एमालेले आफ्नै नेतृत्वमा सरकार बन्ने विश्वासका साथ तयारी गरिरहेको हो । लुम्बिनीमा नयाँ सरकार गठनका लागि राजीनामा दिएर सहयोग गर्न एमालेले मुख्यमन्त्री जोखबहादुर महरालाई र सहजीकरणका लागि प्रदेश प्रमुख अमिक शेरचनसँग आग्रह गरेको छ । 
महरा एमालेसहितको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सरकारमा सहभागी जसपा नेपालले असार ९ गते र एमालेले असार २० गते समर्थन फिर्ता लिएपछि महरा अल्पमतमा परेका छन् । अहिले ८७ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा माओवादीका १०, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक÷एक गरी १२ मत मात्र देखिएको छ । अन्य साना दललले अब बन्ने सरकारालाई समर्थन गर्ने बताएका छन । पछिल्लो समय प्रदेश प्रमुख अमिक शेरचन पनि पदबाट राजीनामा दिने तयारीमा छन् । मुख्यमन्त्री महराले पनि बिहीबार भित्र नै राजीनामा दिने तयारी गरेको बताइएको छ । 

प्रतिक्रिया