नगरप्रमुख र वडाध्यक्ष विवादले धरान उपमहानगर सभा अझै हुन सकेन
विकासमा असर परेको भन्दै सर्वसाधारण आक्रोशित
नगर प्रमुख, वडाअध्यक्ष र र कार्यपालिका सदस्य विचको विवादले धरान उपमहानरपालिकाको अझै नगरसभा बस्न सकेको छैन । अन्य स्थानीय तहहरुले धमाधम आर्थिक बर्ष २०८१÷८१ बजेट विनियोजन गर्दा समेत धरानमा भने सभा नै अन्यौलमा रहेको हो । करार कर्मचारीको करार स्वतः नवीकरण हुनुपर्ने कार्यपालिका सदस्यहरूको अडानमा नगरप्रमुख हर्क साम्पाङ सहमत नभएपछि नगरसभा हुन नसकेको हो । बर्षात र विपत्तको अवस्थामा नगरसभा बस्न नसक्दा थप समस्या भएको छ ।
पछिल्लो पटक सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा तय भएको सभा पनि स्थगित भएको छ । सहमति नभएका विषय थाँती राखेर नगरसभा गर्न प्रमुख साम्पाङले प्रस्ताव गरेपनि वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले सहमति जनाएका छैनन ।
विवादै विवादमा चलेको कार्यपालिका बैठक नगरसभासम्म आउँदा सहमति हुन्छ भन्ने अपेक्षा गरेका धरानेहरु निराश बनेका छन् । नगरसभाबाट बजेट पारित हुन नसक्दा धरानको समग्र विकासमा असर परेको सर्वसाधारणको भनाई छ ।
प्रतिक्रिया