लोक सेवाको पदपूर्ति सम्बन्धि बार्षिक कार्यतालिका सार्वजनिक (सुचना सहित)
लोक सेवा आयोगले सरकार कर्मचारी पदपूर्ति गर्न आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले सूचना जारी गर्दै विभिन्न सेवा र समूहको पदपूर्तिका लागि बुधबार सूचना निकालेर कार्य तालिका सार्वजनिक गरेको हो ।
जसमा निजामती कर्मचारीदेखि, नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान विभाग र सङ्गठित संस्थाहरूको कार्य तालिका समेटिएको छ । जारी सूचनामा राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदको आवश्यकताअनुसार बढुवा गरिने उल्लेख छ ।
त्यस्तै विशिष्ट प्रथम श्रेणी (प्राविधिक र अप्राविधिक तथा अधिकृत प्रथम) सहसचिवको बढुवा आगामी भदौ असोज महिनामा प्रतिशत र सङ्ख्या निर्धारण गरेर त्यसको विज्ञापन सूचना असोज महिनाको अन्तिम बुधवार प्रकाशित गर्ने जनाएको छ । जसको परीक्षा पुस माघ र लिखित परीक्षा फागुन चैत र अन्तरवार्ता चैत वैशाखमा गर्ने आयोगले जनाएको छ ।
राजपत्राङ्कित द्धितिय श्रेणीको कति सङ्ख्यामा खुलाउने भन्ने असोजभित्र निर्धारण गरेर असोज अन्तिममा सूचना प्रकाशित गर्ने र पुस माघमा परीक्षा लिएर वैशाखमा अन्तरवार्ताको कार्य तालिका सार्वजनिक भएको छ ।
त्यस्तै स्वास्थ्य सेवा ११ औ र नवौँ तह विज्ञापन सूचना प्रकाशन, परीक्षा सञ्चालन र अन्तरवार्ता भदौदेखि वैशाखसम्मको समय तालिका छ । निजामतीतर्फ विशिष्ट श्रेणीदेखि चौथो तहसम्मको नियुक्तिका लागि विज्ञापन गर्ने आयोगको तालिका छ ।
प्रतिक्रिया