कमैया मुक्ति घोषणा भएको २४ वर्ष पुरा, पीडित अझै पुनःस्थापनाको पर्खाइमा

कमैया मुक्ति घोषणा भएको आज २४ वर्ष पुगेको छ । विसं २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको हो । अढाइ दशक बित्नै लागे पनि अझै कमैयाहरु पुनःस्थापनाको पर्खाइमा छन् । राज्यले ऋण मिनाहासहित पुनःस्थापना गर्नेगरी कमैया मुक्तिको घोषणा गरे पनि सयौँ परिवार आज पनि पुनःस्थापनाको पर्खाइमा रहेका हुन । तत्कालिन समयमा ३२ हजार हजारभन्दा ५ सय कमैयाहरू मुक्त भएपनि उनीहरुको पुर्नस्थापना पूरा हुन नसकेको हो । सुदुरपश्चिम प्रदेशमा झण्डै १२ हजार मुक्त कमैया परिवार छन् । टीकापुरमा मात्रै करिब ६ सय परिवार पुनःस्थापनाको पर्खाइमा छन् । कैलालीका ११ स्थानीय तहमा र कञ्चनपुरमा ६ स्थानीय तहमा मुक्तकमैया परिवारको बसोबास छ । कमैया मुक्तिको घोषणा भएको दिन स्थानीय तहले सार्वजनिक बिदा दिने गरेका छन् । मुक्तकमैया दिवसको अवसर पारेर टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकालगायत स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।
 

प्रतिक्रिया