राहत उपलव्ध गराइदिन सरकारलाई आन्दोलनरत आरती रावलको आग्रह

काठमाडौं माइतीघर मण्डलामा १८३ दिनदेखि आन्दोलनरत आरती रावल गिरीले प्रधानमन्त्री केपी ओलीको फोटो बोकेर राहत उपलव्ध गराइदिन सरकारलाई आग्रह गरेकी छन् । आफ्नो पूर्वपति जिल्ला न्यायाधीश भुवन गिरीबाट बलात्कृत भएको भन्दै लामो समयदेखि सडक संघर्ष र आमरण अनशन समेत बस्दै आएकी गिरीले अदालतले न्याय दिए पनि क्षतिपूर्ति नपाएको भन्दै प्रधानमन्त्री ओलीको फोटो झुण्ड्याएर राहत माग गरेकी हुन् । ओली प्रधानमन्त्री भएपछि राहत रकम पाउने बिश्वास बढेको उनको भनाइ छ । 
अदालतले आरती रावललाइ ३ लाख क्षतिपूर्ति दिन आदेश गरेपनि अहिलेसम्म उनले राहत पाउन सकेकी छैनन् । रावललाई क्षतिपूर्ति दिनका लागि राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालयलाई लिखित रूपमा पत्राचार गरेपनि अहिलेसम्म कार्यावयन हुन नसकेको हो । रावलका पति तत्कालीन जिल्ला न्यायाधीश गिरिलाई बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले  कैद सजाय तोकिसकेको छ । 
 

प्रतिक्रिया