चरम मूल्य वृद्धिले सर्वसाधारण उपभोक्ता आक्रान्त

विभिन्न उपभोग्य वस्तुहरूमा भएको चरम मूल्य वृद्धिले सर्वसाधारण उपभोक्ता आक्रान्त भएका छन् । असार महिनायता मात्र गेडागुडी, दाल, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य चरम रूपमा वृद्धि भइरहँदा समेत सरकारी निकाय मौन देखिएका छन् । असारयता मात्र १ सय २० रुपियाँमा पाइने चना हाल १ सय ७० र मुसुरो १ सय ४० बाट बढेर १६० भन्दा बढी पुगेको छ । सरकारले दाल, गेडागुडी, धान र गहुँ आयातमा १० प्रतिशत अग्रिम आयकर लगाउने निर्णय गरेलगत्तै बजारमा चामल र दालको मूल्य बढेको हो । अहिले प्रायः सबै चामलको मूल्य बढेको छरु।  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य किलोमै ६ रुपियाँ बढाएको छरु।  ठूला व्यापारीको सिन्डिकेटका कारण मूल्य वृद्धि भएको बताए । खाद्यान्न आयात गर्नेमा भारतीय मुलुककै व्यापारीहरूको वर्चस्व भएको र खाद्य सामग्री पनि भारतबाटै आउने कारणले मिलेमतो भएको व्यापारीको गुनासो छ । सरकारले १० प्रतिशत अग्रिम आएकर बढाउँदा व्यापारीले भने २० प्रतिशतभन्दा बढी मूल्य बढाएको अधिकारकर्मीको भनाइ छ ।
 

प्रतिक्रिया