बैङ्ककको लक्जरी होटलमा ६ भियतनामी मृत भेटिए
थाइल्याण्डको राजधानी बैङ्ककको एक लक्जरी होटलको कोठामा ६ भियतनामी नागरिक मृत भेटिएका छन । ग्राण्ड हयात इरावन होटलमा भएको घटनामा ज्यान गुमाएका दुई जनासँग दोहोरो अमेरिकी नागरिकता समेत रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई विष खुवाइएको आशंका गरेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा लडाइँ वा चोरीसँग सम्बन्धित चोटको कुनै संकेत पाइएको छैन । सबैले विषाक्त पदार्थ सेवन गरेको हुनसक्ने अनुमान उसको छ । थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिन घटनास्थलमा पुगेर जानकारी लिएका छन । घटनामा भियतनामीमै सग्लनताको आशंका छ ।
प्रतिक्रिया