एन्फा कार्यसमिति बैठक आज बस्दै
अखिल नेपाल फुटबल संघ एन्फा कार्यसमिति बैठक आज बस्दैछ । अध्यक्ष पंकजविक्रम नेम्बाङले विधान अनुसार आपतकालिन बैठक बोलाएका हुन् । कार्यसमिति बैठकमा महिला लिगको परिमार्जिक बजेट र नियमावली सम्बन्ध छलफल हुने बताईएको छ । एन्फाले जुम मिटिङ एक बजे बस्ने र त्यसको लिंक उपलब्ध गराउने बताएको छ ।माघमा भएको साधारणसभा पछि एन्फाको यो पहिलो कार्यसमिति बैठक बस्न लागेको हो । वरिष्ठ उपाध्यक्षसहित अधिकांश सदस्य संस्थापन पक्षसंग सन्तुष्ट हुन नसकेको बेला बैठक बोलाइएको हो । पछिल्लो साधारणसभा र कार्यसमिति बैठक विवादविच भएकाले आजको बैठकमा पनि सो विषयले प्रवेश पाउने सम्भावना छ।
प्रतिक्रिया