एम्बाप्पेलाई असी हजार समर्थकद्वारा रियल मड्रिडमा स्वागत

बाल्यकालको सपना पुरा भएको प्रतिक्रिया

फ्रान्सका सुपरस्टार फुटबलर केलियन एम्बाप्पेलाई रियल म्याड्रिडमा स्वागत गरिएको छ । क्लबसँग आजै औपचारिक सम्झौतामा हस्ताक्षर गरेपछि एम्बाप्प लाई रियल म्याड्रिडको स्टेडियममा ८० हजार भन्दा बढी फ्यानहरुले स्वागत गरेका हुन । स्टेडियममा फ्यानहरुलाई सम्बोधन गर्दै एम्बाप्पेले आफ्नो बाल्यकालदेखिको सपना आज पुरा भएको बताए । आफु रियल मड्रिडमा गोल गर्न र ट्रफी जित्नको लागि मात्र नआएको बताउदै एम्बाप्पेले आफु पूर्णरुपमा रियल म्याड्रिडलाई अपनाउन आएको प्रतिक्रिया दिए । गत महिनानै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले आज औपचारिक सम्झौता गरेको हो ।  २५ बर्षिय एम्बाप्पे फ्री– ट्रान्सफरमा रियल म्याड्रिड आएका हुन् । एम्बाप्पेले रियल म्याड्रिडमा पिएसजीमा भन्दा १० मिलियन युरो कम पारिश्रमिक पाउने सम्झौता गरेका छन् । पिएसजीमा उनले करिब २५ मिलियन युरो बार्षिक पारिश्रमिक थियो भने रियलले १५ मिलियन युरो दिने बताइएको छ । यसपछि पनि एम्बाप्पे रियल म्याड्रिडमा सबैभन्दा बढी पारिश्रमिक भएको खेलाडी बन्ने छन् । उनले रियलमा ९ नम्बरको जर्सी लगाउने छन । एम्बाप्पेलाई फ्रि–ट्रान्सफरमा साइन गरेपनि उनलाई करिब १ सय १० मिलियन डलर साइनिङ रकम दिने बताइएको छ ।  रियल म्याड्रिडले एम्बाप्पेलाई पछिल्लो सात बर्षदेखी भित्र्याउने प्रयासमा रहेको थियो । २०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोंमा पिएसजी आएका एम्बाप्पे २०१८ देखि पिएसजीको खेलाडी बनेका थिए । अहिलेसम्म पिएसजीका लागि उनले ३०८ खेलमा २५६ गोल गरेका छन् । पिएसजीमा रहदा उनले ६ सिजन फ्रेन्च लिग जितेका छन् भने चार सिजन फ्रेन्च कोपा डे जितेका छन् ।। 
 

प्रतिक्रिया